कार्यालय समय : आइतबार - शुक्रबार: १०:०० - ५:००

जनकल्याण वचत तथा ॠण सहकारी संस्था लिमिटेड

Janakalyan Saving And Credit Cooperative Ltd

उद्देश्यहरु

१. दीर्घकालीन उद्देश्यहरू:
सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक हितलाई ध्यानमा राखी देहाय बमोजिम उद्देश्यहरू हुनेछन्ः
क. सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनलाई गुणस्तरीय बनाउने
ख. संस्थामा संलग्न सदस्यहरूबीच स्वाबलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिबृद्धि गर्दै बचत गर्ने बानीको विकास गर्ने,
ग. सदस्यहरूलाई सीप प्रदान गरी उत्पादनशील कार्यमा सहभागी गराउने ।
घ. सदस्यहरूलाई स्वावलम्बी र आत्मनिर्भर बनाउने ।
ङ) सदस्यहरूका वित्तीय आवश्यकता परिपूर्ति गर्र्ने,
च) सदस्यहरूको  आय आर्जन क्षमतामा बृद्धि गर्ने,
छ) समाजमा सामाजिक एकता एवं पारस्पारिक सहयोग कायम गर्न सहयोग गर्ने
ज) सदस्यहरूको आर्थिक सामाजिक तथा सांस्कृतिक विकास गर्ने,
झ) आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहयोगात्मक भावना राख्ने,
ञ) समाजका कमजोर वर्ग र निम्न आय भएका ब्यक्ति वा समूहको आर्थिक, सामाजिक उत्थानमा सहयोग पुर्‍याउने
ज) संस्थागत विकास तथा दिगो सहकारी निर्माणमा विशेष ध्यान पुर्‍याउने,

२) रणनीतिक उद्धेश्यहरू:
क) वित्तीय रूपमा सक्षम सुरक्षित र स्वस्थ संस्था बनाउने ।
ख) सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने ।
ग) संस्थालाई ब्यवसायीक ढंगले सञ्चालन गरी प्रविधि उन्मुख बनाउने ।
घ) संस्थाका सञ्चालक तथा कर्मचारीको ज्ञान तथा सिपमार्फत क्षमतावान वनाउने ।