जनकल्याण नै किन ?
- वित्तिय पहुँच नपुगेका गाउँबस्तीहरुमा सेवा बिस्तार गरी स्वरोजगार बनाउने ।
- शेयर सदस्य र एकाघर परिवारको मृत्यु भएमा संस्थाबाट राहत प्रदान गर्ने गरेको ।
- शेयर सदस्यहरुलाई लक्षित गरेर बिविध कार्यक्रम, तालिम, गोष्ठी, लघुवित्त दिवस र सेमिनार गर्न सफल ।
- कर्णाली प्रदेश सरकारले अवलम्वन गरेको कृषि ऋणमा ब्याज अनुदान नीतिलाई कार्यान्वयन गरि सहुलियत दरमा कृषि ऋण प्रदान गर्ने गरेको ।
- संस्थामा आवद्ध बाल बचतकर्ता विद्यार्थीहरु मध्ये परीक्षामा सर्वोत्कृष्ट अकं प्राप्त गर्ने विद्यार्थीहरुलाई वार्षिक रुपमा पुरष्कृत गर्ने गरीएको ।
- संस्थामा आवद्ध महिला शेयर सदस्यहरुलाई सुत्केरी स्याहार खर्च स्वरुपको रकम दुई बच्चाको हकमा प्रदान गरेको ।
- हरेक बार्षिक साधारण सभाबाट संस्थाको गतिविधीको बारेमा शेयर सदस्यहरुलाई सार्वजनिक गरिएको ।
- सदस्यहरुका लागि आकस्मिक औषधी उपचारको सर्वशुलभ व्याजदरमा छोटो समयको लागि ऋण सेवा ।
- प्राकृतिक बिपत्तीमा परेका शेयर सदस्यहरुलाई राहत बितरण ।
- सक्रिय रुपमा काम गर्ने ७० बर्ष नाघेका जेष्ठ शेयर सदस्यहरुलाई बार्षिक सम्मान र ७५ बर्ष माथिका जेष्ठ सदस्यलाई मासिक सामाजिक सुरक्षा भत्ताको व्यवस्था ।
- यस संस्थाका संस्थापक, पुर्व संचालक, कर्मचारी र संस्थामा विशेष योगदान पुर्याउने कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम ।
- वित्तिय शुद्धताकोलागि नेफ्स्कूनबाट संचालित प्रोवेसन कार्यक्रममा सहभागी ।
- संस्थाको बिकासका लागि संचालक, कर्मचारीहरुको अध्ययन अवलोकन भ्रमण ।
- संस्थाको आफ्नै भवनबाट भरपर्दो सेवा प्रदान ।
- सेवालाई छिटो, छरितो तथा सर्वसुलभ बनाउन केन्द्रित ।
- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकामा सेवा दिन सफल ।
- सहकारी मुल्यमान्यता अनुरुप सम्पुर्ण शेयरसदस्यहरुमा समान अधिकार ।
- उत्कृष्ट व्यवसायिहरुलाई प्रोत्साहान स्वरुप पुरस्कार तथा सम्मान ।
- विकट गाउँबस्तीहरुमा सेवा बिस्तार गर्ने नीति ।
- बचत नितीमा सुधार गरी शेयर एवम् बचतमा जोड ।
- हरेक बार्षिक साधारण सभामा बृद्धहरुलाई सम्मान ।
- विद्यालय स्तरमा विद्यालय मैत्री कार्यक्रम सञ्चालित ।
- बचतमा उचित ब्याज कर्जामा सुलभ ब्याज ।
- समुदायसँग सहकारी कार्यक्रम सञ्चालित ।
- बार्षिक कार्यक्रम तय गरी कार्यक्रम सञ्चालन ।
- महिलाहरुको लागि बिशेष कार्यक्रम सञ्चालन ।
- धेरै संख्यामा महिला सदस्य भएको ।
- बार्षिक रुपमा भित्तेपात्रो प्रकाशन ।
- निरन्तर अनुगमन ।
- जिल्लामै छुट्टै पहिचान ।
- खर्चमा मितव्ययिता ।
- रेमिटान्स सेवा ।