कार्यालय समय : आइतबार - शुक्रबार: १०:०० - ५:००

जनकल्याण वचत तथा ॠण सहकारी संस्था लिमिटेड

Janakalyan Saving And Credit Cooperative Ltd

हाम्रो बारेमा

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. वि.. २०५२ साल जेठ २८ गते जिल्ला सहकारी कार्यालय सुर्खेतमा दर्ता भई निरन्तर सञ्चालनमा रहेको वित्तीय संस्था हो । संस्थाको कार्यक्षत्र हालको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १४ र बराहताल गाउँपालिका वडा नं. ९ र १० रहेको छ । यो संस्था कानूनी रुपमा दर्ता हुँदा जम्मा रु. ७२५०।बाट सुरु भएको संस्था हाल २५ करोड भन्दा बढीको कुल पुँजी रहेको छ । सहकारी संस्था स्थापनाको समयमा संस्था दर्ताका लागि न्यूनतम २५ जना सदस्यहरु हुनुपर्ने प्रावधान रहेको थियो भने हाल संस्थामा २५०० भन्दा बढी शेयर सदस्य रहनुभएको छ । 


 
जनकल्याण सहकारी संस्था कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ मा अवस्थित छ । संस्थाको आफ्नै घर जग्गा तथा अन्य भौतिक संरचनाहरु आवश्यक मात्रामा रहेका छन् । यस जनकल्याण साकोस नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को गुणस्तरियता मापन गर्ने कार्यक्रम 'प्रोवेशन' मा सम्झौता गरि संस्थाको आर्थिक, प्रशासनिक र सुशासन एवं सदस्य सेवाका कार्यक्रमहरुलाई परीष्कृत र परिमार्जन गर्दै गईरहेको छ । संस्थाको पहिलो तिन बर्षे रणनीतिक व्यवसायिक योजना कार्यान्वयन भैरहेको र 'समुदायको उत्कृष्ट वित्तिय र व्यवसायीक साकोस' परीकल्पनालाई साकार गर्नका लागि विविध गतिविधिहरु सञ्चालन गरिरहेको छ । 

 

जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको मूलभूत उद्देश्य होसदस्यहरुलाई आफूले आर्जन गरेको आयबाट नियमित रुपले बचत गर्ने बानी बसाल्न उत्प्रेरित गरी संकलन भएको बचत रकमबाट आफ्ना सदस्यहरुलाई सीपमूलक आयआर्जन कार्यक्रम लगायत आर्थिक संकट टार्न उचित ब्याज दरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिकसामाजिक अवस्थामा सुधार गर्नु तथा विभिन्न सामुदायिक विकास र सबलीकरणका कामहरु गर्नु । यसका अतिरिक्त संस्थाले समुदाय र वातावरण प्रतिको उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहको छ ।