कार्यालय समय : आइतबार - शुक्रबार: १०:०० - ५:००

जनकल्याण वचत तथा ॠण सहकारी संस्था लिमिटेड

Janakalyan Saving And Credit Cooperative Ltd

सुचना


२७ औँ बार्षिक साधारण सभा सम्बन्धी सूचना !

२७ औँ बार्षिक साधारण सभा सञ्चालन सम्बन्धी सूचना ! (मिति: २०७9/०५/2३ गते) श्री शेयर सदस्यहरु सबै, जनकल्याण साकोस, वी.न.न.पा. १, बाङ्गेसिमल, सुर्खेत । यस जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको मिति २०७9 भाद्र 4 गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार संस्थाको विनियमको दफा २९ बमोजिम संस्थाको २7 औँ बार्षिक साधारणसभा निम्न बमोजिमका प्रस्तावहरु माथि छलफल हुनेगरि मिति २०७९ आश्विन २९ गते वी.न.न.पा. १ मा रहेको पब्लिक एकेडेमी पश्चिम तर्फको प्राङ्गणमा बिहान १० बजेदेखि सञ्चालन हुने व्यहोरा यसै सूचना मार्फत सम्पुर्ण शेयर सदस्य ज्यूहरुलाई जानकारी गराईन्छ । निम्न: 1. सभाको गणपुरक संख्या सम्बन्धमा । 2. सञ्चालक समितिको तर्फबाट आ.व. ०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन र आ.व. ०७९/०८० को प्रस्तावित नीति तथा कार्यक्रम सम्बन्धमा । 3. सञ्चालक समितिको तर्फबाट आ.व. ०७८/०७९ को आर्थिक प्रतिवेदन र आ.व. ०७९/०८० को प्रस्तावित बजेट सम्बन्धमा । 4. लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा । 5. आ.व. ०७८/०७९ को वार्षिक लेखा परिक्षण प्रतिवेदन सम्बन्धमा । 6. आ.व. ०७९/०८० को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा । 7. आ.व. ०७८/०७९ को शेयर लाभाशं वितरण सम्बन्धमा । 8. आ.व. ०७८/०७९ को संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा । 9. संस्थाको पुर्नलिखित विनियम स्वीकृत सम्बन्धमा । 10. संस्थाको आन्तरिक कार्यविधि, नीति निर्देशिका निर्माण, परीमार्जन तथा पुनरलेखन सम्बन्धमा । 11. सञ्चालक समितिको निर्वाचन सम्बन्धमा । 12. लेखा सुपरीवेक्षण समितिको निर्वाचन सम्बन्धमा । 13. साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा । 14. विशेष प्रस्तावहरु सम्बन्धमा । (पुनश्च: संस्थामा नियमित बचत नगरेका र ऋणको साँवा ब्याज नियमित रुपमा भुक्तानी नगरेका सदस्यहरुलाई साधारण सभामा उपस्थित नगराइने हुँदा नियमित बचत र ऋणको साँवा ब्याज समेत भुक्तानी गर्नहुन अनुरोध छ। साथै २७ औँ बार्षिक साधारणसभा चुनावी साधारणसभा भएको हुँदा आफ्नो परिचय खुल्ने कागजात र पासवुक साथमा लिएर उपस्थित हुनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ ) ............................... (महेन्द्रप्रसाद शर्मा) अध्यक्ष