कार्यालय समय : आइतबार - शुक्रबार: ०७:०० - ५:००

जनकल्याण वचत तथा ॠण सहकारी संस्था लिमिटेड

Janakalyan Saving And Credit Cooperative Ltd

अध्यक्षको भनाई

जनकल्याण साकोस सहकारीको सिद्धान्त र मुल्यमान्यता अनुरुप समुदायमा आधारित भई संचालनमा रहेको सहकारी संस्था हो । वि.सं. २०५२ साल जेठ २८ गते जिल्ला सहकारी कार्यालय सुर्खेतमा दर्ता भई शुरुवात भएको यस संस्थाले विभिन्न आरोह अवरोह र झण्डै समाप्तीको संघार पार गर्दै आफ्नो स्थापनाको २५ वर्ष रजत महोत्सब मनाउन गईरहेको छ । यस संस्था तत्कालिन अवस्थामा नियमित बचतका माध्यमबाट समुदायमा छरिएर रहेको पूंजीलाई संकलन गरी सदस्यहरुको वित्तिय आवश्यकता पूरा गर्न सहयोग गर्ने उद्देश्यका साथ शुरुवात भएको थियो । सहकारी ऐन, नियमावली, मापदण्डको दायराभित्र रही समय सापेक्ष नविनतम् सोच र कार्यशैलीलाई अंगिकार गर्दै संस्था सवल र सुरक्षित व्यवसायिक संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । संस्थाले वित्तीय सेवाको साथसाथै विविध सामाजिक क्रियाकलाप र सेवाहरु प्रदान गर्दै सदस्यमाझ मात्र नभएर मुलुककै सहकारी अभियानको लागि पाठशालाको रुपमा समेत पहिचान बनाउन सक्षम भएको हामिले महशुस गरेका छौं । संस्थाको सेवा सुविधालाई अझै परिस्कृत र प्रविधिमैत्री, सरल, सहज, उपलब्धीपूर्ण बनाउनेतर्फ आगामी दिनहरुमा हाम्रो अथक प्रयास रहनेछ । सदस्य र समुदायको हितका लागि हामीलाई प्राप्त सल्लाह, सुझावलाई कार्यान्वयनको लागि सदा अग्रसर रहने समेत विश्वास दिलाउन चाहन्छौं ।
समुदायको उत्कृष्ट वित्तिय र व्यवसायीक साकोसको रुपमा स्थापित गर्ने संस्थाको परिकल्पना पूरा गर्न प्रत्यक्ष एवम् परोक्ष रुपमा निरन्तर सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण आदरणीय सदस्यज्यूहरु, सल्लाहकार ज्यूहरु, विभिन्न समितितिमा रहेर काम गर्नुहुने सहकर्मी साथिहरु र कर्मचारीहरु एवं स्थानिय संघ संस्थाहरु, जिल्लास्थित संघहरु, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक लि., राष्ट्रिय सहकारी महासंघ, एशियाली ऋण महासंघ लगायत नियामक निकायहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै निरन्तर सहयोग र सद्भावको लागि समेत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार प्रकट गर्दछौं । निरन्तर सहयोग र सुझावको अपेक्षा गर्दछौं ।

अध्यक्षको भनाई