कार्यालय समय : आइतबार - शुक्रबार: १०:०० - ५:००
जनकल्याण साकोस सुर्खेत जिल्लाको पुरानो बचत ऋण सहकारी संस्था हो । जनकल्याण साकोसले स्थापनाकाल देखि हालसम्म विभिन्न आरोह अवरोहहरु पार गर्दै राष्ट्रिय रुपमा पहिचान कायम गर्न सफल भएको छ । पछिल्लो समय यस संस्थाले राष्ट्रिय रुपमा प्राप्त गरेको विभिन्न सम्मान तथा पुरस्कार एवं संस्थाको आर्थिक, प्रशासनिक र भौतिक सुधार हुनु सदस्यहरुले संस्थाप्रति गर्नुभएको अगाध स्नेह, विश्वास र योगदानको परिणाम हो । संस्थाको कार्यक्षेत्र भित्र सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्न सक्ने सवल र सुरक्षित वित्तिय संस्थाको पहिचान बनाउन सफल भएको छ । संस्थालाई पहिलो रोजाईको संस्था बनाउने प्रयासस्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोही अनुरुप व्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ । अझै प्रभावकारी व्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरीदिनुहुन अनुरोध छ । संस्था संचालन प्रक्रियालाई जिवन्त रुप दिन संस्थामा कार्य गर्ने सिंगो व्यवस्थापनको क्षमता चुस्त, दुरुस्त, पारदर्शि, लगनशिल र सिकाई व्यवस्थापनमा ध्यान दिई उत्पादकत्व वृद्धि गर्न सक्षम हुनुपर्दछ । आजको यो प्रतिस्पर्धात्मक र उत्कृष्टताको समयमा संस्थाको फराकिलो सोचलाई पूरा गर्नको लागि निश्चित रुपमा जनकल्याण सोकोसको व्यवस्थापन निक्कै नै सक्षम, गतिशिल, प्रभावकारी र आधुनिक हुन जरुरी छ भन्ने कुरामा सचेत रहंदै हामि सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं ।