कार्यालय समय : आइतबार - शुक्रबार: १०:०० - ५:००
विज्ञापन प्रकाशित सम्बन्धमा ।
(प्रथम पटक प्रकाशन मितिः २०८१ फागुन १० गते शनिवार)
उपरोक्त विषय अनुसार यस श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी पदपुर्ति उपसमितिको मिति २०८१ फागुन १० गते बसेको बैठकको निर्णय अनुसार संस्थामा मानव संशाधन व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि अनुसार उमेर हदका कारण रिक्त रहेको दोस्रो तहको दरबन्दिमा कर्मचारीको पदपुर्तिको विज्ञापन गर्ने भएकाले यो विज्ञापन प्रकाशन गरिएको छ । इच्छुक नेपाली नागरिकबाट १५ दिन (२०८१ फागुन २५ गते कार्यालय समय भित्र) दरखास्त आव्हान गरिन्छ ।
तपशिल
क्र.सं. |
विज्ञापन नं. |
पद |
श्रेणी |
माग संख्या |
सेवाको किसिम |
१. |
०१/०८१/०८२ |
सहायक |
दोस्रो |
१ (एक) |
नियमित (स्थायी) |
१. तलब तथा अन्य सुविधा: संस्थाको नियमानुसार
२. उमेरको हद: १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको (विज्ञापन नं. ०१/०८१/०८२)
३. आवश्यक न्यूनतम योग्यता:
विज्ञापन नं. ०१/०८१/०८२ सहायक (दोश्रो):
व्यवस्थापन वा अर्थशास्त्र मुल विषय लिई प्रमाणपत्र तह वा +२ उत्तिर्ण गरि सहकारी, बैंक तथा वित्तिय संस्थामा १ बर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।
प्राथमिकता: संस्थाको शेयर सदस्य, आधारभुत कम्प्युटर तालिम, लेखा सम्बन्धी ज्ञान, सवारीचालक अनुमति पत्र भएको।
४. उम्मेदवार छनौट विधि:
क) सहायक (दोश्रो): लिखित/प्रयोगात्मक र अन्तरवार्ता (पदपुर्ती उपसमितिले कुनै वा सबै विधिको प्रयोग गर्न सक्नेछ)
५. आवेदन शुल्क: १०००।– (एक हजार मात्र)
६. प्रारम्भिक छनौट (Short-Listing) मा परेका उम्मेदवारहरुलाई मात्र अन्य छनौट चरणमा सहभागि गराईनेछ ।
७. विज्ञापन सम्बन्धी आवेदन स्वीकृत/अस्वीकृत गर्ने तथा विज्ञापन रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
८. दरखास्त साथ बुझाउनुपर्ने कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, कम्प्युटर तथा अन्य तालिमको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो २ प्रति र हस्तलिखित निवेदन ।
९. दरखास्त सम्बन्धी थप जानकारीका लागि: फोन नं. ०८३-४१२२५०, ९८५८०६२२५० (परीक्षा सम्बन्धी जानकारी पछि गराईनेछ । )