कार्यालय समय : आइतबार - शुक्रबार: १०:०० - ५:००

जनकल्याण वचत तथा ॠण सहकारी संस्था लिमिटेड

Janakalyan Saving And Credit Cooperative Ltd

कार्यालय भवन

विमा सम्झौता

नेफ्स्कुनका कार्यक्रम अधिकृतलाई मायाको चिनो

नेफ्स्कुनका महासचिव दामोदर अधिकारीलाई मायाको चिनो

सदस्य आराम कक्षमा पत्रिका पढ्दै शेयर सदस्य

हाम्रो बारेमा

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. वि.स. २०५२ साल जेठ २८ गते जिल्ला सहकारी कार्यालय सुर्खेतमा दर्ता भई निरन्तर सञ्चालनमा रहेको वित्तीय संस्था हो । संस्थाको कार्यक्षत्र हालको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १४ र बराहताल गाउँपालिका वडा नं. ९ र १० रहेको छ । यो संस्था कानूनी रुपमा दर्ता हुँदा जम्मा रु. ७२५०।– बाट सुरु भएको संस्था हाल २५ करोड भन्दा बढीको कुल पुँजी रहेको छ । सहकारी संस्था स्थापनाको समयमा संस्था दर्ताका लागि न्यूनतम २५ जना सदस्यहरु हुनुपर्ने प्रावधान रहेको थियो भने हाल संस्थामा २५०० भन्दा बढी शेयर सदस्य रहनुभएको छ ।   जनकल्याण सहकारी संस्था कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ मा अवस्थित छ

अध्यक्षको भनाई

जनकल्याण साकोस सहकारीको सिद्धान्त र मुल्यमान्यता अनुरुप समुदायमा आधारित भई संचालनमा रहेको सहकारी संस्था हो । वि.सं. २०५२ साल जेठ २८ गते जिल्ला सहकारी कार्यालय सुर्खेतमा दर्ता भई शुरुवात भएको यस संस्थाले विभिन्न आरोह अवरोह र झण्डै समाप्तीको संघार पार गर्दै आफ्नो स्थापनाको २५ वर्ष रजत महोत्सब मनाउन गईरहेको छ । यस संस्था तत्कालिन अवस्थामा नियमित बचतका माध्यमबाट समुदायमा छरिएर रहेको पूंजीलाई संकलन गरी सदस्यहरुको वित्तिय आवश्यकता पूरा गर्न सहयोग गर्ने उद्देश्यका साथ शुरुवात भएको थियो । सहकारी ऐन, नियमावली, मापदण्डको दायराभित्र रही समय सापेक्ष नविनतम् सोच र कार्यशैलीलाई अंगिकार गर्दै संस्था सवल र सुरक्षित व्यवसायिक संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । संस्थाले वित्तीय सेवाको साथसाथै विविध सामाजिक क्रियाकलाप र सेवाहरु प्रदान गर्दै सदस्यमाझ मात्र नभएर मुलुककै सहकारी अभियानको लागि पाठशालाको रुपमा समेत पहिचान बनाउन सक्षम भएको हामिले महशुस गरेका छौं । संस्थाको सेवा सुविधालाई अझै परिस्कृत र प्रविधिमैत्री, सरल, सहज, उपलब्धीपूर्ण बनाउनेतर्फ आगामी दिनहरुमा हाम्रो अथक प्रयास रहनेछ । सदस्य र समुदायको हितका लागि हामीलाई प्राप्त सल्लाह, सुझावलाई कार्यान्वयनको लागि सदा अग्रसर रहने समेत विश्वास दिलाउन चाहन्छौं । “समुदायको उत्कृष्ट वित्तिय र व्यवसायीक साकोस” को रुपमा स्थापित गर्ने संस्थाको परिकल्पना पूरा गर्न प्रत्यक्ष एवम् परोक्ष रुपमा निरन्तर सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण आदरणीय सदस्यज्यूहरु, सल्लाहकार ज्यूहरु, विभिन्न समितितिमा रहेर काम गर्नुहुने सहकर्मी साथिहरु र कर्मचारीहरु एवं स्थानिय संघ संस्थाहरु, जिल्लास्थित संघहरु, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक लि., राष्ट्रिय सहकारी महासंघ, एशियाली ऋण महासंघ लगायत नियामक निकायहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै निरन्तर सहयोग र सद्भावको  थप पढ्नुहोस्...

व्यवस्थापकको प्रतिबद्धता

जनकल्याण साकोस सुर्खेत जिल्लाको पुरानो बचत ऋण सहकारी संस्था हो । जनकल्याण साकोसले स्थापनाकाल देखि हालसम्म विभिन्न आरोह अवरोहहरु पार गर्दै राष्ट्रिय रुपमा पहिचान कायम गर्न सफल भएको छ । पछिल्लो समय यस संस्थाले राष्ट्रिय रुपमा प्राप्त गरेको विभिन्न सम्मान तथा पुरस्कार एवं संस्थाको आर्थिक, प्रशासनिक र भौतिक सुधार हुनु सदस्यहरुले संस्थाप्रति गर्नुभएको अगाध स्नेह, विश्वास र योगदानको परिणाम हो । संस्थाको कार्यक्षेत्र भित्र सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्न सक्ने सवल र सुरक्षित वित्तिय संस्थाको पहिचान बनाउन सफल भएको छ । संस्थालाई पहिलो रोजाईको संस्था बनाउने प्रयासस्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोही अनुरुप व्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ । अझै प्रभावकारी व्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरीदिनुहुन अनुरोध छ ।  संस्था संचालन प्रक्रियालाई जिवन्त रुप दिन संस्थामा कार्य गर्ने सिंगो व्यवस्थापनको क्षमता चुस्त, दुरुस्त, पारदर्शि, लगनशिल र सिकाई व्यवस्थापनमा ध्यान दिई उत्पादकत्व वृद्धि गर्न सक्षम हुनुपर्दछ । आजको यो प्रतिस्पर्धात्मक र उत्कृष्टताको समयमा संस्थाको फराकिलो सोचलाई पूरा गर्नको लागि निश्चित रुपमा जनकल्याण सोकोसको व्यवस्थापन निक्कै नै सक्षम, गतिशिल, प्रभावकारी र आधुनिक हुन जरुरी छ भन्ने कुरामा सचेत रहंदै हामि सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं ।  थप पढ्नुहोस्...

हाम्रो सेवाहरु

बचत् खाता

Loans

Varieties of loans we are offering to you

agriculture loan

Agriculture Loan

Get agriculture loan in a low interest rate with us

business loan

Business Loan

Get business loan in a low interest rate with us

education loan

Business Loan

Get education loan in a low interest rate with us

Home Loan

Get home loan in a low interest rate with us

EMI Calculator

Result

Monthly Payment (EMI) :

कर्जा